Showing posts with label Breaking News. Show all posts

काठमाडौं यौन-बजार

काठमाडौंमै मात्र ३० हजार यौनव्यवसायी रहेको अनुमान गरिन्छ । मीना तामाङजस्ता काठमाडौंबाहिरका हजारौँ युवती अन्जानमा वा बाध्यतावश काठमाडौंकेन्दि्रत यौनव्यवसायमा आइपुगेका छन् । प्रहरी अपराध अनुसन्धानका प्रमुख नवराज सिलवाल काठमाडौंमा अनेकौँ तरिका अपनाएर यौनव्यवसाय भइरहेको बताउँछन् । ‘बेरोजगारहरू बढेका छन्, राम्रो लाउने, मीठो खाने रहरले मान्छेलाई यौनव्यवसायतिर डोहोर्‍याउँछ,’ सिलवाल भन्छन्, ‘समयसँगै फेरिँदै गएको यौनव्यवसाय क्याबिन, गजल रेस्टुरेन्ट, डान्स, मसाज हुँदै अहिले ओपन होटलको रूपमा मौलाइरहेको छ ।’
सिलवाल यौनव्यवसायलाई सार्वजनिक हुन नदिएको बताउँछन् । ‘तर एचआइभी पीडितहरू पनि यौनव्यवसायमा रहेकाले विकृति बढ्दै गइरहेको छ,’ उनी भन्छन् । नारायणगढ, पोखरा, नेपालगन्ज, चितवनजस्ता सहर पनि गाउँबाट रोजगारीको खोजीमा आउने युवतीका गन्तव्य हुन थालेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले महिला र बालबालिकाको तस्करीबारे सन् २००६/७ मा गरेको एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा १२ वर्षदेखि ३० वर्षसम्मका करिब ४० हजार महिला क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर र डान्स रेस्टुरेन्टमा कार्यरत थिए । यीमध्ये अधिकांश यौनकर्मी भएका जनाइएको थियो । धेरैजसोलाई हङकङ, दुबई र साउदी अरबमा रोजगारी मिलाइदिने आश्वासन दिएर काठमाडौं ल्याइएको सो प्रतिवेदनमा उल्लेख छ । बर्सेनि पाँचदेखि सात हजार नेपाली युवती भारतीय बजारमा पुर्‍याइने गरेको तथ्यांक पनि छ । अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २००१ मा गरेको अध्ययनअनुसार प्रत्येक वर्ष १२ हजार किशोरी -१८ वर्षमुनिका) भारतको मुम्बई, दिल्ली र कोलकाता यौन-बजारमा पुग्ने गरेका छन् ।
केही समयअघि सरकारले अपराध नियन्त्रणका नाममा डान्सबारमाथि छेकबार लगाएर धेरै यौनकर्मी जन्माइरहेको आरोप व्यवसायीको छ । डान्सबारबाट नाच्ने पेसाबाट सयौँ महिलाको रोजीरोटी चलेकोमा अहिले उनीहरू बेरोजगार भएका छन् र वैकल्पिक पेसाका रूपमा याैनपेसालाई अँगाल्न थालेका छन् । रातको ११ बजे सहर शून्य पारेपछि ती रेस्टुराको व्यवसाय चौपट भएको छ । बारमा नृत्य गर्ने महिला/पुरुष/वेटे्रस/वेटरहरू बेरोजगार भएका छन् । ती रेस्टुरा बन्द भएपछि रात्रि व्यवसायमा संलग्न ८० हजार बेरोजगार भएका छन् । तीमध्ये ३० हजार महिला भएको व्यवसायीको दाबी छ ।
नेपालमा संगठित रूपमा यौनव्यवसाय गरेको नपाइए पनि राजधानीको ठमेललगायतका लज, रेस्टुरेन्ट, रिसोर्ट तथा गेस्टहाउस यौनसम्पर्क गर्ने सुरक्षित स्थल बनेका छन् । नयाँ पत्रिकाले भेटेका काठमाडौंका यौनकर्मीहरूले आफूहरूलाई राजधानीको यौनव्यवसाय असुरक्षित लाग्न थालेकाले सुरक्षित स्थानको खोजीमा नजिकैको सहर धाउन थालेको बताए । ठमेलका महँगा होटलहरूसँग प्रहरीले महिनावारी असुल्ने भएकालेे त्यस्ता होटल यौनव्यवसायीका लागि सुरक्षित स्थल बन्दै गएको यौनकर्मी बताउँछन् ।
राजधानीका अधिकांश यौनकर्मी आफूहरू शोषणमा परेको बताउँछन् । आखिर कसले गर्छ उनीहरूमाथि शोषण ? मसाज, दोहोरी रेस्टुरेन्टमा फरक किसिमको शोषण हुने गरेको नुवाकोटकी सरिता -नाम परिवर्तन), २७, बताउँछिन् । त्यस्तै, दोहोरीमा नाच्ने, गाउने महिलामाथि शारीरिक शोषणभन्दा बढी आर्थिक शोषण हुने बताउँछिन् उनी । ठमेलको एक मसाज सेन्टरमा काम गर्ने सलोनी -नाम परिवर्तन) २१, भन्छिन्, ‘मसाज भन्नु मात्र हो । मसाज हुँदै ससाज -सेक्स) गर्न बाध्य पारिन्छौँ हामी ।’
एकातिर, नेपालका गाउँहरूबाट भारतीय यौन-बजारका लागि तस्करी रोकिएको छैन भने अर्काेतिर, मुलुकभित्रै यसरी यौनव्यवसाय फस्टाइसक्दा पनि यसको भरपर्दो अध्ययन भएको छैन । गाउँमा अभिभावकले पालनपोषण गर्न सक्ने अवस्था भएका महिला पनि नयाँ जीवन र अवसर खोज्दै यो पेसामा आइपुग्ने महिलाका लागि काम गर्ने शक्ति समूहको एक अध्ययनले देखाएको छ ।
यी यौनकर्मी दिनहुँ आठ घन्टा वा त्यसभन्दा पनि बढी काम गर्छन् । तर, तीमध्ये ९६ प्रतिशतले आश्वासनबमोजिम पारिश्रमिक पाउँदैनन् । आधाभन्दा बढी यौनकर्मीले महिनाको २१ सयदेखि २५ सयसम्म पाउने गरेको शक्ति समूहको प्रतिवेदनमा उल्लेख छ । शक्ति समूहले पछिल्लोपटक काठमाडांै उपत्यकाका दोहोरी रेस्टुरेन्ट, मसाज र क्याबिनमा गरेको सर्वेक्षणमा देशका सबै जिल्लावासी महिलाले राजधानीलाई यौनव्यवसायको गन्तव्य बनाएका छन् । उनीहरूमध्ये नुवाकोटबाट आउनेको संख्या सबैभन्दा धेरै छ -१२.३ प्रतिशत) । सर्वेक्षणमा ४० प्रतिशत यौनकर्मी १८ देखि २० वर्षका र ३३ प्रतिशत १८ वर्षमुनि भएको पत्ता लागेको छ । उनीहरूमध्ये गुरुङ, राई र तामाङ जातिका ३५ प्रतिशत र क्षेत्री २७ प्रतिशत, बाहुन १३.६ प्रतिशत र मगर १०.६ प्रतिशत छन् । त्यस्तै, ५१ प्रतिशत आंशिक साक्षर, ३१ प्रतिशत निरक्षर र २० प्रतिशतले पढाइ छाडेको पाइएको छ । अध्ययनले काठमाडौंका ठमेल, बालाजु, माछापोखरी, गोंगबु, रत्नपार्क र काटेश्वर एरियामा बढी यौनव्यवसाय हुने गरेको देखाएको छ । ती क्षेत्रमा मात्रै ६८ वटा क्याबिन रेस्टुरा, १६ वटा दोहोरी, दुई दर्जन बढी ओपन होटल र १० भन्दा बढी डान्सबार रहेको शक्ति समूहको अध्ययनमा बताइएको छ ।
यौनव्यवसाय संसारकै सबैभन्दा पुरानो व्यवसाय मानिन्छ । मानव सभ्यताको विकाससँगै यसले विभिन्न समयमा रूप परिवर्तन गर्दै आएको छ । यो व्यवसाय राजधानीमै पनि सदियौंदेखि चलिआएको हो । तर, यसको चर्चा हुन थालेको भने धेरै भएको छैन । राणाशासनमा गाउँबाट महिला ल्याई दरबारमा यौनदासीका रूपमा राख्न थालेदेखि नै यसको संस्थागत विकास भएको हो ।
सरकारद्वारा रात्रिजीवनमा कडाइ गरेपछि यौनकर्मीहरू सुरक्षित स्थानको खोजीमा लागेका छन् । पहिले डान्सबारमा नाच्नेहरू अहिले खुला रूपमा ग्राहक खोज्दै अन्यत्र धाउन थालेका छन् । राजधानीनजिकका सहरहरू पुगेर एक/दुई घन्टाका लागि लजको कोठा बुक गरेर यौनप्यास मेटाउनेको संख्या बढ्दै गएको छ । मोटरसाइकलमा जोडी मिलेर आई गेस्टहाउसमा रंगीन रात बिताएर फर्किनेहरू अधिकांश राजधानीवासी नै हुन्छन् । बनेपाको गोदामचोकमा रहेको सुनगाभा रेस्टुरेन्ट एन्ड लजबाट गत मंगलबार दिउँसो बाहिरिँदै गरेका रबिन घिमिरे नाम बताउने गोरखा घर भएका एक युवकले एक घन्टाका लागि आफूले कोठाको चार सय रुपैयाँ तिरेको बताए । आपmनै प्रेमिकासँग घुम्न आएको बताउने उनले तिरेको रकमअनुसार कोठाको वातावरण नभएको गुनासो गरे । ‘कोठा अत्यन्तै फोहोर थियो,’ घिमिरेको मोटरसाइकलको पछाडि सिटमा बसेकी महिला भने मुख छोपेर अन्यत्रै मुन्टो फर्काइरहेकी थिइन् ।
From: nayapatrika

Singing Sensastion Lady Gaga Behaves Unusual.

 Lady Gaga whose real name is Stefani Joanne Angelina Germanotta shows signs of `crazy` behaviour when she is stressed and the pop diva`s friends and entourage are worried that her bizzare habits are escalating out of control.

The 25-year-old singer refuses to pour her own drinks or sit on a chair someone else has previously used and insists on having her own crockery so she can be sure that no one else has used it, reported Contactmusic.
Lady Gaga


"She even has someone on hand to pour her drinks because she thinks pouring for oneself is bad luck. She has 28 tour buses, 140 staff and an even number of tables, chairs, glasses and plates in her backstage area," a source said.

"She often suffers bouts of crazy behaviour when she is tired and stressed. It`s certainly happening now."
Lady Gaga


The `Born this Way` hitmaker has been accompanied round the world by boyfriend Luc Carl since they reunited last July, but she regularly insists on booking them separate hotel rooms because she thinks sharing a bed every night would damage her creativity.
Lady Gaga with her boy friend Luc Carl


"She calls it her 16th century monarch night as she doesn`t always allow Luc to sleep in bed with her," the source added.

Copyright 2012. Pyrmont V2 by .