Interview With Miss Nepal 2012 Shristi Shrestha

३ लाखमा नायिका सुष्मा नाङ्गिन तयार

नायिका सुष्मा कार्की ३ लाख ५ सय ५१ हजार रुपियाँमा नाङ्गिन तयार भएकी छिन् । आखीर, सुष्मालाई न्युड वनाउन कसले यति रकम तिर्यो होला त ? निर्देशक राजु गिरीले वनाउन लागेको चलचित्र ‘विन्दास’मा नायिका कार्की यति रकममा ‘न्युड’ हुन लागेकी हुन् । जेठ १ गतेवाट छायांकनमा जान लागेको चलचित्र विन्दासमा ‘कथाले मागेको सवै कुरा दिने’ सर्तमा सुष्मालाई निर्माणपक्षले यति रकम दिन तयार भएको हो । निर्देशक राजु गिरीले भने-’सुरुमा सुष्माले ४ लाख २० हजार रुपियाँ डिमान्ड गरेपनि अन्तिममा ३ लाख ५ सय ५१ रुपियाँमा सम्झौता भएको हो ।’
पछिल्लो दिनमा नायिकाले पाएको पारिश्रमिकभन्दा निकै धेरै रकम दिन निर्माणपक्ष किन तयार भयो त ? निर्देशक गिरी भन्छन्- चलचित्रमा सुष्मा भन्दा अरु कोही पनि नायिका फिट नहुने देखेपछि उनलाई नै रोजेका हौ, चलचित्रमा चाहिने जति सवै दिन्छु भनेपछि त्यति रकम सजिलै दियौं ।’
मागेजति दिने भनेपछि पाठकहरुले सजिलै अनुमान गर्नुभए होला त्यसमा के के चिज होला भनेर । वेड सिन, टङ किस, नायिका न्युड हुने देखि लिएर उनको वलात्कार हुने सम्मको सिन रहेको निर्माणपक्षको भनाई छ । यि सवै दृश्यहरुलाई नेचुरल पाराले देखाउने निर्देशक गिरीको भनाई रहेको छ । हाल बनिरहेका सिनेमा जस्तै यसको मुख्य बिषय पनि सेक्स नै हुने छ । चलचित्रमा शब्दहरु पनि निक्कै छाडा पाराको हुने छ । निक्कै विन्दास पाराको भुमिकामा अभिनय गर्न लागेकी सुष्माले यो सिनेमा भित्र दृश्य मात्र छाडा होईन शब्द पनि छाडा वोल्ने छिन् ।
नायिका कार्कीले भने कथा राम्रो भएकाले यो सिनेमा खेल्न लागेको वताईन् । अनि रकम पनि राम्रै लिनु भएछ नि भन्ने प्रश्नमा उनले भनिन्-’अव मेरो नै पालो छ, मैले नलिए कसले लिन्छ त ?’ उनले सिनेमा भित्रका दृश्यका वारेमा भने खासै केही भनिनन् ।
चलचित्रको भदौ ८ गतेको रिलीज मिति समेत तय भैसकेको छ । नेपाली सिनेमाको धार परिवर्तन हुन थालेपछि नायिकाहरु पनि यस्तै वाटो समाउन थालेका छन् । अव, दर्शकलेे उध्रेको चोली लगाएकी सुष्मा होईन, चोली विनाकै सुष्मा हेर्न पाउनेछन् ।
साभार ओंलाइन खबर

म अझै भर्जिन छु Nepali Hot & Sexy Model Soniya Sharma

Nepali Model Soniya Sharma says I Am Still Virgin

म अझै भर्जिन छु – अभिनेत्री सोनिया शर्मा- मोडलहरू प्रायः नेपाली सिनेमामा आउन चाहँदैनन् । तपाई कसरी नेपाली फिल्मतर्फ आकर्षिक हुनुभयो ? मैले पनि नेपाली सिनेमामा काम गर्ने कुनै योजना बनाएकी थिइन । मोडलिङको क्रममा डक्युड्रामा ‘रिभेन्ज’मा अभिनय गर्ने अवसर पाएँ । मेरो सुटिङमा एक दिन नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ आउनुभएको थियो । मेरो काम देखेर उहाँले मलाई पहिलो भेटमै चलचित्र अभियुक्तको मुख्य नायिकामा चयन गर्नुभयो । भोलिपल्टबाटै सुटिङ छ भन्दा सुरुमा त मलाई विश्वास लागेन । सुटिङमा पुगेपछि विश्वास गरें । यसरी म मोडलिङबाट चलचित्र क्षेत्रमा आएकी हुँ ।
– आजकल सिनेमामा व्यस्त बन्न थाल्नुभएको छ। अब मोडलिङ नगर्ने ?
म मोडल हुँ। मैले आफ्नो कलायात्रा पनि मोडलिङबाट सुरु गरेकी हुँ। त्यसैले मोडलिङ छोड्ने त कुरै भएन। मोडलिङ पनि गर्छु र अभिनय करिअरलाई पनि सँगै अगाडि लैजाने लक्ष्य छ।
– मोडलिङ र सिनेमा कुन राम्रो लाग्छ ?
दुवै मेरो लागि कला हो। दुवैमा मेहनत गर्नुपर्छ। र्या्म मोडलिङ सीमित दर्शकमाझ प्रस्तुत गरिन्छ। जबकि चलचित्र भनेको लाखौं दर्शकमाझ पुग्छ। त्यसैले चलचित्रमा काम गर्दाको धेरै सन्तुष्टि मिल्छ। तर मेरा लागि दुबै राम्रो हो।
– म्युजिक भिडियोमा पनि मोडलिङ गर्नुहुन्छ हैन ?
हो, मैले अहिलेसम्म सातओटा भिडियोमा काम गरिसकेकी छु।
– म्युजिक भिडियोबाट कति पारिश्रमिक लिनुहुन्छ ?
ठीकै हुन्छ। मैले आफ्नो पारिश्रमिक यति भनेर किटान गरेको छैन।
- अनि चलचित्रमा नि ?
निर्मातासँगको आपसी सहमति र चलचित्रको भूमिका हेरेर पारिश्रमिक माग्ने गरेकी छु। तर मलाई यति नै चाहिन्छ भने तोक्ने गरेकी छैन।
- मोडलिङबाट एक्कासि सिनेमामा फड्को मार्नुभयो ? सिनेमाका लागि आफूमा केही कमजोरी छ जस्तो लाग्दैन ?
लाग्छ, ममा आफैं पनि अभिनय पाटो कमजोर नै छ। केही समयमात्र मैले अभिनय सिकेकी हुँ। तर यसलाई पनि विस्तारै सुधारिरहेकी छु। अरू पक्ष त मैले सुधारिसकेकी छु।
- तपाईंको प्रदर्शोन्मुख चलचित्र एटीएम निकै चर्चामा छ । त्यो फिल्ममा अभिनेत्रीहरूको टङ्किसले निकै चर्चा पाएको छ । तपाईंले टङकिस गर्नु भएन र ?
किन नगर्नु। जिया केसी, सविना कार्की र मेरो बराबर टङकिस छ। मैले तीन ठाउँमा टङ्किसको सिन दिएकी छु। उनीहरूले मिडियालाई बोलाए। त्यसैले उनीहरूको टङकिस चर्चामा आयो। मिडियासँग मेरो राम्रो चिनजान नभएकाले मैले बोलाउन सकिनँ। त्यसैले मैले दिएको टङकिसओझेलमा पर्यो ।
- यसरी नायकसँग टङकिस गर्दा तपाईंलाई उत्तेजना आएन ?
अहँ आएन किनकि नायक दिनेश थापासँग मैले अभिनय गरेकी हुँ । म टङकिस दिने समयमा अभिनय भावमा डुबेकी थिएँ। इमोसन नआए पनि मैले इमोसन आएको भाव भने दिएकी छु ।
– त्यसअघि टङकिस गर्नुभएको थियो कि थिएन ?
अवश्य, मैले आफ्नो ब्वाइफ्रेन्डसँग त्यसअघि नै टङकिस गरिसकेकी थिएँ। त्यसैले मलाई फिल्म एटीएममा टङकिसदिन गाह्रो परेन ।
- त्यो फिल्ममा तपाईंको बेडसिन पनि छ हैन र ?
छ, बेडसिनमा भने म नर्भस भएँ। चार टेकसमेत खाएँ। किनकि त्यसअघि त्यस्तो सिन गरेको थिइन ।
- बेडसिनमा त नर्भस हुनुभयो, तर ब्वाईफ्रेन्ड भएकाले उनीसँग शारीरिक सम्बन्ध त भएको होला नि हैन र ?
मैलेभन्दा तपार्इंहरूलाई विश्वास नलाग्न सक्छ। मेरो ब्वाईफ्रेन्डसँग त्यस्तो सम्बन्ध भएको छैन। म अहिले पनि भर्जिन छु। शारीरिक सम्बन्ध नभएकै कारण ब्वाईफ्रेन्डसँग पनि सम्बन्ध टुट्यो। अहिले त ब्वाईफ्रेन्ड पनि छैन। अब प्रेम गर्नु, र ब्वाईफ्रेन्ड बनाउनुभन्दा पनि चलचित्रमा राम्रो काम गर्नतर्फ लाग्नेछु ।- प्रेमप्रस्ताव त अझै आउँछ होला नि ?
किन नआउनु। प्रेम गर्छु भन्नेहरू अझै पनि हजारौं छन्। – आफूले पनि एउटालाई छानेर प्रेम गरे भयो नि ?
मैले सोचेको जस्तो केटा पाएकै छैन। बलिउडको हिरो अर्जुन रामपालजस्तो सेक्सी र स्टाइलिस्ट केटाको खोजीमा छु। त्यस्तो केटा पाएँ भने ब्वाईफ्रेन्ड बनाउँछु र विवाहसमेत गर्छु ।
- भने पछि अर्जुन रामपालसँग डेटिङ पनि जान चाहनुहुन्छ, हैन त ?
हैन, म डेटिङ भने नेपाली हिरो सुमन सिंहसँग नै जान चाहन्छु। तर किन भनेर कारण नसोध्नु होला। उनी राम्रा छन्। यो भन्दा अरू नबोलौं।
- प्रसँग बदलौं। सिनेमामा कस्तो भूमिका निर्वाह गर्न चाहनुहुन्छ ?
म रोमान्टिक, ग्लामर र हट एन्ड सेक्सी रोल गर्न चाहन्छु। म मोडलिङ क्षेत्रबाट आएकीले गर्दा मलाई रोना, धोनाभन्दा यस्तै मोडर्न केटीको भूमिका मनपर्छ ।
- यस्तो भूमिका पाउनुभएको छ त ?
छ नि, फिल्म एटीएममा यस्तै त भूमिका छ। अहिलेसम्म मैले काम गरेको तीन फिल्ममध्ये मलाई मन परेको भूमिका पनि एटीएमकै हो। यो फिल्म असारमा रिलिज हुँदैछ। जसका दर्शकले मलाई ‘हट एन्ड सेक्सी गर्ल’को रूपमा पाउनु हुनेछ।

Copyright 2012. Pyrmont V2 by .